• बुधबार, ४ कात्तिक २०८३
  • images

    अछाममा टाईफाईड खोपको सुभारम्भ 

    अछाममा टाईफाईड खोपको सुभारम्भ 

    हेल्दीखबर
    शनिबार, चैत २६ २०७८
    हेल्दीखबर
    शनिबार, चैत २६ २०७८
    अछाममा टाईफाईड खोपको सुभारम्भ 

     
    अछाम । अछाममा पनि टाईफाईड खोप अभियान सुरु गरिएकाे छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको साँफेबगर नरगपालिकाबाट अछाममा टाईफाईड खोप अभियान सुरु गरिएको हो।

    साँफेबगरस्थित किन्डरगार्टन एकेडेमीबाट खोपको सुभारम्भ गरिएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ। नगरप्रमुख तथा नगर खोप समन्वय समितिका संयोजक कुलबहादुर कुवँरको अध्यक्षतामा खोप कार्यक्रम सुभारम्भ गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताए।
    अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइनेछ । यो खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    images

    ग्लोबल भ्याक्सिन अलायन्स (गाभी) को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गरेको हो । यसअघि पनि सरकारले यो उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिए पनि अभियानका रूपमा पहिलोपटक खोप दिन लागिएको हो। यो खोप विद्यालयमै दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार