अछाम। नेपाली सेनाको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन्।
साँफेबगर नगरपालिका(८ चण्डिकाको जमालगाउँमा भ्यान दुर्घटना भएको थियो । सामान्य घाइते रहेका सेनाको जिल्लाको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ। ब्रेक फेल हुँदा दुर्घटना भएको हो।
अछाम प्रहरीले दिएको जानकारी अनुसार निर्वाचनका लागि ३० जना सेना लिएर डोटीबाट कालिकोटतर्फ गइरहेको बा १ ग २४५३ नम्बर को भ्यान सडकमै दुर्घटना भएको थियो ।