• शनिबार, १ कात्तिक २०८३
  • images

    सरकारी अस्पतालमा ओपिडी सेवा दुई सिफ्टमा सञ्चालन हुने

    सरकारी अस्पतालमा ओपिडी सेवा दुई सिफ्टमा सञ्चालन हुने

    मंगलबार, जेठ १ २०८१
    मंगलबार, जेठ १ २०८१
    सरकारी अस्पतालमा ओपिडी सेवा दुई सिफ्टमा सञ्चालन हुने

    काठमाडौं, १ जेठ ।  सरकारी अस्पताल दुई सिफ्टमा ओपिडि सञ्चालन गर्नुपर्ने भएको छ। 

    राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि संघीय सरकारी अस्पतालमा दुइ सिफ्टमा सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
    अबदेखि  वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, प्रसुति गृह, शुक्रराज अस्पताल  लगायतका अस्पतालमा बहिरंग (ओपिडि) सेवा दुई सिफ्टमा सञ्चालन हुने हुन्।

    images

    ‘सङ्‍घीय अस्पतालहरूलाई कार्यबोझको आधारमा पुनःसंरचना गरिनेछ। वीर अस्पताल, राष्‍ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल लगायत पर्याप्‍त जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्‍ग सेवा सञ्‍चालन गरिनेछ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने। 
    यस्तै कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्‍नति गरी सुविधा सम्पन्‍न बनाइने भएको छ। 

    सरकारले सहिद गङ्‍गालाल राष्‍ट्रिय हृदय केन्द्रलाई हृदयरोग सम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाको रूपमा विकास गर्ने नीति लिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार