• आइतबार, १४ भदौ २०८३
  • images

    नर्भिक हस्पिटलमा निःशुल्क श्वासप्रश्वास र युरोलोजीको  ओपिडी सेवा

    नर्भिक हस्पिटलमा निःशुल्क श्वासप्रश्वास र युरोलोजीको  ओपिडी सेवा

    हेल्दीखबर
    मंगलबार, असोज १९ २०७८
    हेल्दीखबर
    मंगलबार, असोज १९ २०७८
    नर्भिक हस्पिटलमा निःशुल्क श्वासप्रश्वास र युरोलोजीको  ओपिडी सेवा


    काठमाडौ । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आउने शनिबार दुई फरक विज्ञहरुको टिमले निःशुल्क सेवा दिने भएको छ ।

    नर्भिक अस्पतालमा रहेको यूरोलोजिष्टको टिम र श्वासप्रश्वास विशेषज्ञको टिमले निःशुल्क ओपिडी संचालन गर्ने भएको हो ।

    यूरोलोजिष्टको पूरा टिम नै सहभागी भई निःशुल्क ओपिडी सेवा संचालन गरिने अस्पतालले जनाएको छ । यो टिमले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म मूत्र तथा मूत्रनलीसँग सम्बन्धित समस्या भएकाहरुको निःशुल्क जाँच गर्नेछ ।

    यस्तै, बिहान १० देखि १२ बजेकै समयमा अस्पतालका छाति तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. अच्युतभक्त आचार्यले निःशुल्क ओपिडी संचालन गर्नेछन् । छाति तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएकाले डा। आचार्यको ओपिडी क्लिनिकमा सहभागी भएर लाभ लिन सक्नेछन् ।

    नर्भिकले केही महिनाअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी९सीएसआर० अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ ।

    निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ तथा एक्सटेन्सन नम्बर १०१८ मा समेत फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार