• आइतबार, १४ भदौ २०८३
  • images

    पत्थरीको  शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट पाइने

    पत्थरीको  शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट पाइने

    हेल्दीखबर
    सोमबार, पुस १२ २०७८
    हेल्दीखबर
    सोमबार, पुस १२ २०७८
    पत्थरीको  शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट पाइने

     
    काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरी मुत्रथैलीमा भएको पत्थरीको शल्यक्रियामा विशेष छुट पाइने घोषणा  गरेको छ। 
    नर्भिक इन्टरनेशनल हस्पिटलले मुत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्नका लागि गरिने विविधि शल्यक्रियाहरुको साबिकको शुल्कमा २० प्रतिशत छुट सार्वजनिक गरेको हो। 
    नर्भिकमा घाउ नगरी मुत्रनलीको पत्थरी लेजरले धूलो बनाउने विधि, घाउ नगरी मिर्गौलाको पत्थरीको उपचार गर्ने विधि तथा घाउ नगरी मुत्रथैलीको पत्थरी निकाल्ने प्रविधि उपलब्ध छ। 

    मुत्रथैलीको पत्थरी निकाल्नका लागि गरिने शल्यक्रियाहरुमा पुस महिनाभरी साबिकको तोकिएको शुल्कमा २० प्रतिशत छुट पाइने अस्पतालले जनाएको छ। 
    नर्भिक अस्पतालले योसँगै पुस महिनाका प्रत्येक शनिबार यूरोलोजी टिमको निःशुल्क ओपिडी सेवा समेत संचालन गरिरहेको छ। त्यस्ता ओपिडी सेवामा आएर स्वास्थ्य जाँच गराउने बिरामीहरुको शल्यक्रिया गर्नुपरे सहुलियत उपलब्ध गराइने यसअघि नै घोषणा भएको थियो। सोही अनुसार बिरामीहरुले घोषित सहुलियत समेत पाइरहेका छन्। 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार