• आइतबार, १४ भदौ २०८३
  • images

    सुन तस्करीको आरोपमा पक्राउ परेका महरा नर्भिक अस्पताल भर्ना

    सुन तस्करीको आरोपमा पक्राउ परेका महरा नर्भिक अस्पताल भर्ना

    मंगलबार, चैत ६ २०८०
    मंगलबार, चैत ६ २०८०
    सुन तस्करीको आरोपमा पक्राउ परेका महरा नर्भिक अस्पताल भर्ना

    काठमाडौँ, ६ चैत । सुन तस्करीको आरोप लागेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराले अस्पतालमै बस्न पाउने भएका छन् ।

    सुन तस्करको आरोप लागेका महरालाई जिल्ला अदालत काठमाडौँले चार दिन न्यायिक हिरासतमा राखी अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ ।  महराले आफू अस्वस्थ भएको भन्दै उपचारको व्यवस्था मिलाउन आग्रह गरेपछि अदालतले पनि त्यहि अनुसार आदेश दिएको छ ।  

     
    आरोपी महराले आफूलाई तीन वटा रोगको समस्या रहेको भनेपछि उपचारको व्यवस्था मिलाउन भनिएको अदालतले स्पष्ट पारेको छ ।  अदालतमा महराले आफू क्षयरोग, युरिकएसिड र प्रोस्टेटको बिरामी भएको उल्लेख गरेका थिए ।

    अदालतको आदेश बमोजिम प्रहरीले महरालाई नर्भिक अस्पतालमा भर्ना गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का प्रवक्ता समेत रहेका एसपी होबिन्द्र बोगटीले महरालाई जिल्ला अदालत काठमाडौँको आदेश बमोजिम नर्भिक अस्पताल भर्ना गरिएको बताए ।

    नेपाल प्रहरीले महरालाई आज कपिलवस्तुबाट पक्राउ गरि ल्याएको हो ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार