विराटनगर, २२ फागुन । पछिल्लो समय आत्महत्या बढ्दै गएको छ ।
प्रतिष्ठित व्यक्तिबाट आत्महत्या गर्ने क्रम बढ्दो छ । मोरङमा सशस्त्र प्रहरीका डीएसपी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। धनपालथान गाउँपालिका–३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्ज डीएसपी उपेन्द्र बस्याल कार्यालय भित्रै मृत फेला परेका हुन् ।
प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाका अनुसार कार्यालयको भान्सामा रहेको पंखामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको हो।
बस्यालले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। ३८ वर्षीय बस्यालको स्थायी घर गुल्मी रहेको छ । प्रहरीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ ।