• आइतबार, १४ भदौ २०८३
  • images

     पूर्व स्वास्थ्यमन्त्री पदम गिरी सरकारमा सहभागी हुने

     पूर्व स्वास्थ्यमन्त्री पदम गिरी सरकारमा सहभागी हुने

    सोमबार, फागुन २१ २०८०
    सोमबार, फागुन २१ २०८०
     पूर्व स्वास्थ्यमन्त्री पदम गिरी सरकारमा सहभागी हुने

    काठमाडौं, २१ फागुन । नेकपा (एमाले)का तर्फबाट पदम गिरी नयाँ  सरकारमा सहभागी हुने भएका छन्।

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री रहने छन् । 
     सरकारमा एमालेले पहिलो चरणमा गिरीलाई  मन्त्री बनाउन लागेको हो।

    गिरीलाई मन्त्रीका लागि तयारी गर्न भनिएको छ। यसअघि गिरी छोटो समयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए। 
    अहिले मन्त्रालय भने यकिन भइनसकेको बताइएको छ। 
    गिरी अहिले एमाले संसदीय दलका प्रमुख सचेतक छन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार