काठमाडौ, ६ मंसिर । पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ काठमाडौंमा ९ बाट प्रतिनिधीसभा सदस्यमा विजयी हुनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग कडा प्रतिस्पर्धाकासाथ श्रेष्ठले ११९५६ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले १०९६१ मत प्राप्त गर्नुभयो । यहाँ सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी कल्पना धमलाले भने ६ हजार ४०२ मत मात्रै पाउनुभयो ।