काठमाडौँ, २५ पुस । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
गण्डकी प्रदेशका नेकपा एमाले संसदीय दलका नेता अधिकारीलाई गण्डकी प्रमुख पृथ्वीमान गुरुङले सोमबार मुख्यमन्त्री पदमा नियुक्त गर्नुभयो ।
प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
कुल ६० सांसद रहेको गण्डकी प्रदेशसभामा अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्नुभएको थियो ।
अधिकारीले सोमबार नै शपथ ग्रहण गर्नुभएको छ ।