काठमाडौं, १९ चैत । पूर्व स्वास्थ्य मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद दीपक बोहराको निधन भएको छ ।
काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा उहाँको मंगलबार निधन भएको हो।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सांसद बोहराको निधन भएको जानकारी दिनुभयो। ओम अस्पतालका एक चिकित्सकले पनि बोहोराको निधन भएको पुष्ठि गर्नुभयो ।
बोहोरा २०७९ मंसिरमा भएको चुनावमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएको थियो । उहाँले तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई हराउनुभएको थियो । उहाँ दुई वर्षदेखि बिरामी हुनुहुन्थ्यो । उहाँ २०७४ सालमा शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा स्वास्थ्य मन्त्री हुनुभएको थियो ।
स्वास्थ्य मन्त्री दीपक बोहरा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा रुपन्देहीबाट चुनावी मैदानमा उत्रनु भएको थियो । मन्त्री बोहरा पाँच हजार ४ ५४ मतान्तरले पराजित हुनुभएको थियो ।
त्यो बेला एमालेका उम्मेदवार घनश्याम भुषालले बोहरालाई पराजित गर्नुभएको थियो।