काठमाडौं, १० मंसिर । रुपन्देही क्षेत्र नम्बर ३ मा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ। बोहराले प्रतिद्वन्दी गृहमन्त्री बालकृष्ण खाणलाई २ हजार ६८१ मतले पराजित गर्नुभएको हो । पूर्व स्वास्थ्यमन्त्री बोहराले ३६ हजार ७१७ मतका साथ निर्वाचित हुनु भएको हो ।
नेपाली काङ्ग्रेसका नेता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार खाणले ३४ हजार ३६ मत ल्याएउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता ओलीले ५ हजार ५३६ मत प्राप्त गर्नुभयो ।