काठमाडौं । सोसाइटी अफ इन्टरनल मेडिसिन इन नेपाल (सिमोन)को अध्यक्षमा डा. अरुण मास्के निर्वाचित हुनुभएको छ । दुई वर्षको लागि मास्के अध्यक्षमा निर्वाचित हुनुभएको हो। कार्यसमितिको उपाध्यक्षमा डा. भुपेन्द्रकुमार बस्नेत र महासचिवमा डा. मुकुन्दप्रसाद काफ्ले, सहसचिवमा डा. बिनित वैद्य र कोषाध्यक्षमा डा. नन्दु सिलवाल पौडेल र सह—कोषाध्यक्ष डा. अभिषेक मास्के निर्वाचित हुनुभयो । सिमोनको सदस्यहरुमा डा. रमिला श्रेष्ठ मास्के, डा. संजय लाखे, डा. सुभेशराज कायस्थ, डा. दिपक सिग्देल, डा. अजित खनाल, डा. निरजकुमार सिंह, डा. कृष्णकुमार अग्रवाल, डा. कुन्जंग शेर्पा, डा. दिपेश शाक्य र डा. दुर्गा भण्डारी निर्वाचित हुनुभएको छ।