काठमाडौ । प्रजातन्त्रबादी चिकित्सक संघ नेपाल बागमती प्रदेश संयोजकमा डा. मनोरदी सैयद निर्विरोध निर्वाचित हुनुभएको छ ।
काठमाडौंमा सम्पन्न संघको तेस्रो केन्द्रीय महाधिवेशनले मनमोहन अस्पताल स्वयंमुमा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सैयदलाई केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकको जिम्मेवारी दिएको हो ।
संघको केन्द्रीय अध्यक्षमा डा अनिलविक्रम कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । महाधिवेशनले डा कार्कीको नेतृत्वमा ४३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

संघको केन्द्रीय उपाध्यक्षमा डा विक्रान्त ढकाल, बागमती प्रदेश संयोजक तथा उपाध्यक्षमा डा मनोरदी सैयद, महासचिवमा डा संयुक्त आचार्य, कोषाध्यक्षमा डा समाज गौतम, सहकोषाध्यक्षमा डा अजय साह, सचिवमा डा पवन हमाल र सुशील तिमिल्सिना निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित संयोजक डा. सैयदले प्रजातन्त्रवादी चिकित्सक संघ बागमती प्रदेशको अन्य पदाधिकारी तथा सदस्य पछि चयन गरिने जानकारी दिनुभयो ।

समाजसेवी काम गरेर चर्चा कमाउन सफल मिडियासंग अत्यन्तै नजिक रहेका ड़ा. सैयदको पदाधिकारी चयनले समाजसेवाको साथै देशको मूल राजनीतिमा समेत प्रवेश गर्ने आँकलन गरिएको छ ।
महाधिवेशनमा नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले उद्घाटन गर्नुभएको थियो ।

महाधिवेशनमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा चोपलाल भुसाल, डा अन्जनीकुमार झा, डा मुक्तिराम श्रेष्ठ, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा शिवजी पौडेल, प्रजातन्त्रवादी चिकित्सक संघका संस्थापक अध्यक्ष डा केदारनरसिंह केसी, निवर्तमान अध्यक्ष डा लक्ष्मीराज पाठक लगायतले नेपालको स्वास्थ्य अवस्था र चिकित्सकको उचित सहभागिताका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
