• बुधबार, ४ कात्तिक २०८३
  • images

    प्राडा. पौडेल ३० हजार नगद सहित सारस्वत रत्न पुरस्कारबाट सम्मानित

    प्राडा. पौडेल ३० हजार नगद सहित सारस्वत रत्न पुरस्कारबाट सम्मानित

    आइतबार, माघ २८ २०८०
    आइतबार, माघ २८ २०८०
    प्राडा. पौडेल ३० हजार नगद सहित सारस्वत रत्न पुरस्कारबाट सम्मानित

    चितवन २८ माघ । ‘लय छुटेको समय’का लेखक प्राडा कृष्णप्रसाद पौडेल सारस्वत रत्न पुरस्कारबाट सम्मानित भएका छन् ।
     उनको कृतिका लागि उक्त पुरस्कारबाट डा.पौडेललाई सम्मान गरिएको हो । 
    रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले शनिबार एक कार्यक्रमबिच डाक्टर पौडेललाई संयुक्तरूपमा दोसल्ला ओढाएर सम्मानपत्र र नगदसहित पुरस्कार प्रदान गरे । 
     पुरस्कार वितरण समारोहमा सम्मानित स्रस्टा पौडेलका मातापिता कपिलामणि पौडेल र तुलसी पौडेल पनि सहभागी थिए ।

    रत्ननगर नगरपालिकाबाट प्रकाशित सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने सारस्वत रत्न पुरस्कार–२०८० यो वर्ष डाक्टर पौडेलद्वारा लिखित लय छुटेको समयलाई प्रदान गरिएको हो ।
     प्रतिष्ठानले रत्ननगर नगरपालिकाका स्रस्टाले सिर्जना गरेका तथा प्रकाशन गरेका कृतिलाई पुरस्कार दिइने योजना अनुसार कृति आह्वान गरेको थियो । प्राप्त भएका कृतिमध्ये पौडेलको उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय पुरस्कार निर्णायक समितिले गत पुस महिनामा गरेको थियो । पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र छ ।

    images

    डाक्टर पौडेल अर्थोपेडिक विषयका प्राध्यापक हुन् । अर्थोपेडिक र स्पाइनल सर्जन उनी भरतपुर अस्पतालमा कार्यरत छन् । उनी सोही अस्पतालमा दुईपटकसम्म मेडिकल सुपरिटेन्डेन्ट भैसकेका छन् । पौडेलका यसअघि खुसीहरूको वनवासकवितासङ्ग्रह र कम्मरीदेखि कोभिड कहर हाडजोर्नी, नसा र स्वास्थ्यसम्बन्धी जानकारी पुस्तक प्रकाशित छन् । 
    लय छुटेको समय डाक्टर पौडेलको संस्मरण हो । यसमा बिरामी र डाक्टरका भोगाइहरू समेटिएका छन् ।

    कार्यक्रममा सम्मानित स्रस्टाको व्यक्तित्व र कृतित्वका बारेमा प्राध्यापक लक्ष्मण अर्यालले प्रकाश पारेका थिए । कार्यक्रमको दोस्रो चरणमा विभिन्न स्रस्टाले रचनावाचन गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार