कलेजो प्रत्यारोपण पनि तीब्र
भक्तपुर, १८ माघ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दले १२०० को सफल मिर्गौला प्रत्यारोपण गरेको छ ।
केन्द्र स्थापना भएको ११ वर्ष अवधिमा १२०० जनाको मिर्गौला प्रत्यारोपण गरेको हो ।
केन्द्रले १२०० जनाको मिर्गौला प्रत्यारोपण गरी इतिहास रच्न सफल भएको छ ।
१२०० मिर्गौला प्रत्यारोपणमा बिहीबार ३९ वर्षिया श्रीमानलाई उनकी ३४ वर्षीया श्रीमतीको मिर्गौला दान दिएकी थिइन् ।
केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ कलेजो र मिर्गौला प्रत्यारोपण सर्जन डा.पुकारचन्द्र श्रेष्ठले छोटो अवधिमा १२०० जनाको मिर्गौला प्रत्यारोपण गर्न सफल भएको बताए । डा.श्रेष्ठको नेतृत्वदायी भूमिका र केन्द्रका सम्र्पूण कर्मचारीहरुको अथक मेहनत र लगनशीलताले छोटो अवधिमा १२०० जनाको मिर्गौला प्रत्यारोपण गर्न सम्भव भएको जानकारी दिदै डा.श्रेष्ठले यसलाई ठूलो सफलताको रुपमा लिनुपर्ने बताए ।
धर्मभक्त प्रत्यारोपण केन्द्रको नाममा एक इन्च पनि कुनै जग्गा र भवन नभएको केन्द्रले नेपालको प्रत्यारोपणको ८० प्रतिशत हिस्सा ओगटेको छ ।
कलेजो प्रत्यारोपणमा पनि अग्रणी
स्थापनाको ११ वर्षमा १२०० वटा मिर्गौला तथा १८ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । केन्द्रमा ९९ प्रतिशत प्रत्यारोपण सफलताकासाथ सम्पन्न गरेको छ । केन्द्रले २०८० मा मात्र १० जनाको कलेजो प्रत्यारोण गरी सकेको छ । डा.श्रेष्ठका अनुसार आगामी साता थप २ जानाको कलेजो प्रत्यारोपण गर्ने तयारी पुरा गरेको जानकारी पनि दिनुभयो ।
नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण, मस्तिस्क मृत्यु भएको व्यक्तिबाट मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको केन्द्रले देशको सात वटै प्रदेशमा प्रत्यारोपण तथा डाइलाइसिस सेवा विस्तार गर्ने नेपाल सरकारको योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।