स्वास्थ्य मन्त्रीको ‘हर्कत’बाट लोकतन्त्र लजाएको आरोप
काठमाडौँ, १७ मंसिर । वीर अस्पतालको निर्देशकबाट हटाइएका डा सन्तोष पौडेललाई हटाइएको छ ।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको उनलाई राजनीतिमा लागेको भन्दै हटाएका हुन् ।
ड सन्तोष पौडेल मन्त्रीको कदमबाट आक्रोशित भएका छन् ।
आफूलाई राजनीतिक आस्थाका आधारमा पदबाट हटाएको भन्दै मन्त्री बस्नेतको कदमले ‘लोकतन्त्र नै लजाएको’ टिप्पणी गरेका छन् ।
आफूलाई पदबाट हटाइएको पत्र फेसबुकमा राख्दै डा. पौडेलले आफू दुई वर्षको अवधी तोकेर नियुक्ति पाएको तर राजनीतिक आस्थाको आधारमा निर्देशकबाट हटाइएको बताए । एक जना हाडजोर्नीको विशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानेर मन्त्रीले ‘हर्कत’ देखाएको बताएका छन् ।
उनले तत्कालीन अधिनायक राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई प्रमबाट हटाउँदा निर्वाचन गराउन नसकेको अक्षम भन्ने आरोप लगाएर हटाएको इतिहास छ भन्दै आफूलाई कुनै आधार विना नै पदबाट हटाएको उल्लेख गरेका छन् ।
उनले यो राणा शासन भन्दा कडा अधिनायकवाद हो । विधिको शासनको रट लगाएर नथाक्ने नेपाली कांग्रेस मन्त्रीको यो हर्कतबाट लोकतन्त्र लजाएको बताएका छन् ।
