• बुधबार, ४ कात्तिक २०८३
  • images

    झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    हेल्दीखबर
    शनिबार, कात्तिक ४ २०८०
    हेल्दीखबर
    शनिबार, कात्तिक ४ २०८०
    झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    झापा ४ कात्तिक  । झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
     
    झापा अर्जुनधारा नगरपालिका स्थित खुदुनाबारी बजारनजिक आज  दिउँसो सवारी दुर्घटना भएको थियो।


    दुर्घटनामा परी स्कुटरमा चालक अर्जुनधारा –२ गाजाबारीका ३५ बर्षका याम भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते स्कुटरको पछाडि सवार गाजाबारीकै ३६ बर्षका रोशन लुङ्गेली मगरलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    images

    गाडीचालक अर्जुनधारा २ कै २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

    जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले दिउँसो  भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदैगरेको लु १ च ६८६३ नम्बरको मिनी ट्रकसँग विपरित दिशाबाट जाँदैगरेको मे ५ प ४४८५ नम्बरको स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको  जानकारी दिए।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार