• सोमबार, १५ भदौ २०८३
  • images

    सेवाग्राहीको सुविधाका लागि औषधि व्यवस्था विभागले हेल्प डेक्स सुरु

    सेवाग्राहीको सुविधाका लागि औषधि व्यवस्था विभागले हेल्प डेक्स सुरु

    हेल्दीखबर
    आइतबार, भदौ २४ २०८०
    हेल्दीखबर
    आइतबार, भदौ २४ २०८०
    सेवाग्राहीको सुविधाका लागि औषधि व्यवस्था विभागले हेल्प डेक्स सुरु

    काठमाडौँ, २४ भदौ । औषधि व्यवस्था विभागले सेवाग्राहीको सहायताका लागि कार्यालय परिसरमा हेल्प डेक्स स्थापना गरेको छ। 

    विभागमा आउने सेवाग्राहीका लागि सेवा उपलब्ध गराउन सहज बनाउन हेल्प डेक्स आइतबार देखि सञ्चालनमा ल्याइएको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए। 

    विभागमा औषधि पसल दर्ता, नविकरण तथा अन्य कामका लागि आउने सेवाग्राहीलाई विभाग परिसरमा शुल्क लिएर सहयोग गर्ने विचौलियाहरु बढेको गुनासो आएपछि विभाग आफैले निशुल्क हेल्प डेक्स सञ्चालनमा ल्याएको महानिर्देशक ढकालको भनाइ छ। 

    ‘औषधि पसल दर्ता, नविकरण तथा विभिन्न काम लिएर आउनेहरुलाइ सहज होस् भनेर हेल्प डेक्स सञ्चालनमा ल्याएका छौ,’ उनले भने, ‘यसले गर्दा सेवाग्राहीहरु विचौलियाको ठगीमा पर्नु पनि पर्दैन, सहज रुपमा सेवा पनि पाउन सक्छन्।’ 

    फार्मेसी दर्ता, नविकरण गर्न आउनेहरुलाई दर्ता तथा नविकरणका लागि अनलाइन फारम भरिदिने लगायतका सेवाहरु निशुल्क दिनेछन्। हेल्प डेक्समा विभागको केन्द्रमा २ जना खटिने छन्।  हेल्प डेक्स कार्यालय समय अवधि भरी सञ्चालन हुने छ।

    विभागका शाखा कार्यालय विराटनगर, विरगंज र  नेपालगञ्जमा पनि हेल्प डेक्स राखिएको ढकालले बताए।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार