काठमाडौं, २८ साउन । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्यका कर्मचारीलाई दरबन्दी भएको ठाउँमा काज फिर्ता गर्न निर्देशन दिएको छ ।
बोर्डले निर्देशकस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार काजका स्वास्थ्यका कर्मचारीहरूलाई १५ भदौंभित्र दरबन्दी भएको ठाउँमा फिर्ता हुन निर्देशन दिएको हो ।
पाँचथर, सर्लाही, सप्तरी, दोलखा, लमजुङ, पर्वत, प्युठान, डोल्पा र डोटी जिल्लामा काजका स्वास्थ्यकर्मी मात्रै भएका कारण उनीहरुलाई अर्को व्यवस्था नभएसम्मका लागि सोही ठाउँमा काम गर्न निर्देशन दिएको छ।
स्वास्थ्य बीमा बोर्डले केन्द्रमा रहेका र केही जिल्लाका स्वास्थ्यकर्मीलाई साउन महिनाभित्र दरबन्दी भएको ठाउँमा फिर्ता हुन निर्देशन दिएको हो ।
काठमाडौं बाहिरका जिल्लाका स्वास्थ्यकर्मीहरुलाई भने १५ भदौंसम्म फिर्ता भइसक्न निर्देशन दिएको हो ।
हेरौँसूचनाः
