• आइतबार, १ कात्तिक २०८३
  • images

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्नोलोजिष्ट भट्टराईविरुद्द मुद्दा दायर

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्नोलोजिष्ट भट्टराईविरुद्द मुद्दा दायर

    सेवाग्राहीसंग ५० हजार घुस लिएको आरोप

    हेल्दीखबर
    बिहीबार , असार २१ २०८०
    हेल्दीखबर
    बिहीबार , असार २१ २०८०
    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्नोलोजिष्ट भट्टराईविरुद्द मुद्दा दायर

    काठमाडौं, २१ असार । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराई विरुद्ध ५० हजार घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ । 
    प्रयोगशाला दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट  गएको टोलीले भट्टराईलाई सेवाग्राहीबाट पचास हजार रुपैयाँ घुस  लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

    भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो रु.५०,०००।–(पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 

    images

    साथै सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेतको माग गरिएको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार