३० दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौँ, १३ जेठ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १५० जना नर्स माग गरेको छ ।
े एक सूचना जारी गर्दै प्रतिष्ठानले विभिन्न वार्डमा विभिन्न प्रकिृतिका सेवाका लागि करार सेवामा १५० जना स्टाफ नर्स माग गरेको हो ।
योग्यता पुगेका इच्छुकलाई ३० दिनभित्र निवेदन दिन भनिएको छ । निवेदन दस्तुर १५०० तोकिएको छ ।
प्रतिष्ठानमा नर्सहरुलाई आवासको व्यवस्था नहुने प्रतिष्ठानले जानकारी दिएको छ।
हेरौँ सूचनाः
