कैलाली, ६ जेठ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रीमा झपट साउद नियुक्त हुनुभएको छ ।
प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा नेकपा माओवादी केन्द्रका साउदलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिनुभएको हो।
साउद गत गत ४ मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा साउद अछाम क्षेत्र नं १ ख बाट निर्वाचित सांसद हुनुहो ।
गत २०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले २७ गते दुई जना मन्त्री नियुक्त गरेका थिए।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्री प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
सरकार गठन भएको सय दिन पूरा हुँदा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका मुख्यमन्त्री शाहले दोस्रो पटकमा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।
आज नेकपा माओवादी केन्द्रबाट सामाजिक मन्त्रीमा साउद संगै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा रमेश धामी, तथा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा गितादेवी माल र नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पृथ्वीबहादुर सिंहलाई नियुक्त हुनुभएको छ।
सामाजिक विकास मन्त्री साउदले शनिबार अपरान्ह मन्त्रालय पुगेर पदवहाली गरिसकेका छन् ।