• मंगलबार, २७ असोज २०८३
  • images

    परीक्षा हलबाट निकालिएपछि बिडिएस अध्ययनरत छात्रा सिम्रन थापाद्धारा आत्महत्या

    परीक्षा हलबाट निकालिएपछि बिडिएस अध्ययनरत छात्रा सिम्रन थापाद्धारा आत्महत्या

    हेल्दीखबर
    बुधबार, वैशाख २७ २०८०
    हेल्दीखबर
    बुधबार, वैशाख २७ २०८०
    परीक्षा हलबाट निकालिएपछि बिडिएस अध्ययनरत छात्रा सिम्रन थापाद्धारा आत्महत्या

    चितवन, २७ वैशाख। चितवन मेडिकल कलेजमा बीडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले झुण्डिएर आत्महत्या गर्नुभएको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरुका अनुसार मृतकको साथबाट कुनै सुसाइट नोट भेटिएको छैन । तर मेडिकल कलेजमा बुझ्दा परीक्षामा चिट चोरेपछि थापालाई  हलबाट निकालिएको बुझिएको छ ।
     चिट चोरेको कारणबाट परीक्षा हलबाट निकालिएपछि उहाँ कोठामा गएर आत्महत्या गर्नुभएको थियो । 
    परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेपछि कोठामा गएर आत्महत्या गर्नुभएको हो । 
    प्रहरीका अनुसार पाल्पा रामपुर स्थायी ठेगाना भइ भरतपुर सप्तगण्डकी चोक स्थित गंगाबहादुर थापाको घरमा डेरा गरी बस्नुभएको थियो । 
    उहाँले आफु सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवबाट ५०० मिटर उत्तरमा  सो घटना घटेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापछि चितवन मेडिकल कलेजमा इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ । 
    मेडिकल कलेजका विद्यार्थीहरुले आज प्रेषित गरेको विज्ञप्तिमा मृतक थापाले आन्तरिक परीक्षा दिइरहेको समयमा परीक्षामा खटिएको शिक्षकले जबरजस्ती मानसिक तनाव दिई परीक्षा हलबाट निकालेपछि उहाँ आत्महत्या गर्न बाध्य भएको जनाइएको छ । विद्यार्थीहरुले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीका माग राख्दै इमरजेन्सीबाहेक कलेजका सबै सेवा बन्द गरेका छन् । 

    May be an image of text that says 'प्रेस विज्ञप्ती उपरोक्त सम्बन्धमा मिति २०5०-०१-२७ गते यस चितवन मेडिकल कलेजमा BDS चौथो वर्ष 1st Phase की विद्यार्थी सिम्रन थापाले आन्तरिक परीक्षा दिईरहेको बेला परीक्षा हलवाट सो परीक्षामा सम्मिलित शिक्षकले जवरजस्ती मानसिक तनाव दिई निकालेको तत् पश्चात् उनले आफनै कोठामा गई आत्म हत्या गरेको हुंदा, दोषीलाई छानविन गरी कडा भन्दा कडा कारवाहीको माग गर्दछौं, साथै दोषीलाई कारवाही र पिडितले न्याय नपाएसम्म चितवन मेडिकल कलेजको सम्पूर्ण ओ.पि.डि. सेवा अनिश्चत कालको लागि बन्द रहेको यस संघर्षवाट विरामीहरुमा पर्न गएको जानकारी सवैमा सूचित गरिन्छ असुविधाप्रति क्षमा प्राथी छौं| विद्यार्थी संघर्ष समिति चितवन मेडिकल कलेज'

    प्रतिक्रिया दिनुहोस
    थप समाचार