• शनिबार, १ कात्तिक २०८३
  • images

    चिकित्सा शिक्षातर्फ स्नातक तहको भर्ना प्रक्रिया रोक्न सर्वाेच्चको आदेश

    चिकित्सा शिक्षातर्फ स्नातक तहको भर्ना प्रक्रिया रोक्न सर्वाेच्चको आदेश

    हेल्दीखबर
    बुधबार, वैशाख २० २०८०
    हेल्दीखबर
    बुधबार, वैशाख २० २०८०
    चिकित्सा शिक्षातर्फ स्नातक तहको भर्ना प्रक्रिया रोक्न सर्वाेच्चको आदेश

    काठमाडौं,२० वैशाख । चिकित्सा शिक्षातर्फ स्नातक तहको भर्ना प्रक्रिया रोक्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । 

    नयाँ भर्नामा योग्यताक्रम मिचिएको भन्दै विद्यार्थी अरुण कुमार साहले चिकित्सा शिक्षा आयोगविरुद्ध बैशाख १७ गते सर्वाेच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

    images

    अहिले स्नातक तहको छात्रवृत्ति तर्फका विद्यार्थीको दोस्रो म्याचिङ तथा भर्ना प्रक्रिया चलिरहेको थियो । 

    बुधबार न्यायाधीश कुमार चुँडालको इजलासले चिकित्सा शिक्षा आयोगलाई कारण देखाउ आदेश दिएको छ । साथै निवेदकले मागे बमोजिम  तत्काल भर्ना प्रक्रिया रोक्न आदेश दिएको छ।


    दुवै पक्षलाई छलफलमा बोलाउने गरी तत्काल भर्ना प्रक्रिया रोक्न आदेश दिएको निवेदक विद्यार्थी साहले जानकारी दिनुभयो । 

     

    यसअघि स्नातकोत्तर तहको भर्नाका बेला पनि योग्यताक्रम मिचेको भनेर सर्वाेच्चमा रिट परेको थियो । सर्वोच्चले विद्यार्थीको पक्षमा फैसला गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार