• बुधबार, २८ असोज २०८३
  • images

    भारतमा गइ  उपचार गरेको खर्च राष्ट्रपति आफैँले बेहोर्ने

    भारतमा गइ  उपचार गरेको खर्च राष्ट्रपति आफैँले बेहोर्ने

    हेल्दीखबर
    मंगलबार, वैशाख १९ २०८०
    हेल्दीखबर
    मंगलबार, वैशाख १९ २०८०
    भारतमा गइ  उपचार गरेको खर्च राष्ट्रपति आफैँले बेहोर्ने

    काठमाडौं,१९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेल दिल्लीको एम्स अस्पतालमा भएको उपचार खर्च आफैँ बेहोर्ने निर्णय गर्नुभएको छ । 

    राष्ट्रपति पौडेलको सचिवालयले आज प्रेस नोट जारी गरी यसबारे जानकारी दिएको छ ।  राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस नोटमा पौडेलले उपचार खर्च आफैँ बेहोर्न चाहेको उल्लेख छ । 

    राष्ट्रपति पौडेलको छातीमा पानी जम्ने समस्या देखिएको थियो । त्यसको उपचार काठमाडौंको शिक्षण अस्पतालमा हुँदै आएकोमा निको नभएपछि थप उपचारका लागि उहाँलाई वैशाख ६ गते थप उपचारका लागि  दिल्ली लगिएको थियो ।

    दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गराएर उहाँ १७ गते नेपाल फर्कनुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार