काठमाडौँ,१० चैत । वरिष्ठ संचारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ।
उहाँको ८६ वर्षको उमेरमा बिहीबार राति न्युरो अस्पतालमा निधन भएको हो ।
ताम्राकारको रेडियो नेपालको समाचार बाचिकाका रूपमा स्थापित हुनुहुन्थ्यो ।
ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित हुनुहुन्थ्यो ।
उहाँ विसं २०१८ मा रेडियो नेपाल प्रवेश गर्नुभएको हो। ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
स्व ताम्राकारको केहीबेरपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।