• शनिबार, १ कात्तिक २०८३
  • images

    गाईघाटमा स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर

    गाईघाटमा स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर

    महिला स्वास्थ्य स्वंमसेविकालाई स्तन क्यान्सर सचेतना तालिम

    हेल्दीखबर
    बुधबार, मंसिर २८ २०७९
    हेल्दीखबर
    बुधबार, मंसिर २८ २०७९
    गाईघाटमा स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर


    उदयपुर २८ मंसिर । उदयपुरको गाईघाटमा महिलाहरुको स्तन क्यान्सरबारे निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
    गैरआवासीय नेपाली संघ विश्व स्वास्थ्य समितिको आयोजनामा उक्त स्वास्थ्य शिविरको आयोजना भएको हो ।  

    No description available.
    वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही, गैरआवासीय नेपाली संघ विश्व स्वास्थ्य समितिका अध्यक्ष डा. सन्जिव सापकोटाले लगायतको टोलीले गाईघाटमा महिलाहरुमा हुने स्तन क्यान्सरको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुभएको हो । 

    images

    No description available.
    क्यान्सर रोग विशेषज्ञ डा. शाहीले दिनुभएको जानकारी अनुसार शिविरमा ३५० जना महिलाले स्वास्थ्य सेवा लिएका छन् ।
    डा. शाहीले शिविरमा मधुमेह परीक्षण, मिर्गौला परीक्षण समेत गरिएको थियो । 
    उक्त शिविरमा डा.शाहीले महिला स्वास्थ्य स्वंमसेविकालाई स्तन क्यान्सर पत्ता लगाउने सम्बन्धि सचेतना तालिम समेत दिनुभएको थियो ।
     उक्त शिविरमा ३० जना स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा दिनुभएको थियो । 

    No description available.

    शिविरमा परराष्ट्र मन्त्री नारायण खड्काले स्तन क्यान्सर बारे सरकारले चासो दिनुपर्ने बताउनुभयो । 
    स्तन क्यान्सर बारे महिलाहरुलाई धेरै जानकारी नभएको भन्दै स्वास्थ्य शिविर संचालन गरेकोमा चिकित्सकद्धय डा. शाही र डा सापकोटालाई धन्यवाद दिनुभयो । 

    No description available.        No description available.    No description available.

    प्रतिक्रिया दिनुहोस
    थप समाचार