• आइतबार, १४ भदौ २०८३
  • images

    नर्भिक इन्टरनेशनल अस्पतालमा शनिबार स्तन क्यान्सर सम्बन्धी निःशुल्क ओपिडी सेवा संचालन हुने

    नर्भिक इन्टरनेशनल अस्पतालमा शनिबार स्तन क्यान्सर सम्बन्धी निःशुल्क ओपिडी सेवा संचालन हुने

    हेल्दीखबर
    बिहीबार , कात्तिक ११ २०७८
    हेल्दीखबर
    बिहीबार , कात्तिक ११ २०७८
    नर्भिक इन्टरनेशनल अस्पतालमा शनिबार स्तन क्यान्सर सम्बन्धी निःशुल्क ओपिडी सेवा संचालन हुने


    काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार स्तन क्यान्सर सम्बन्धी निःशुल्क ओपिडी सेवा संचालन हुने भएको छ। 

    आगामी शनिबार नर्भिक अस्पतालमा स्तन क्यान्सरको विषयमा निःशुल्क ओपिडी सेवा संचालन हुने भएको हो। 
    स्तन क्यान्सर विशेषज्ञ डा वानिरा गिरीले शनिबार १० देखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिने अस्पतालले जनाएको छ। 

    नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ।  पछिल्लो समय नेपाली महिलाहरुमा स्तन क्यान्सरको समस्या बढिरहेको छ। यस्तो अवस्थामा क्यान्सरको शंका लागेका वा लक्षण देखिएकाहरुले आफ्नो निःशुल्क ओपिडी सेवामा आएर लाभ लिनसक्ने डा गिरीले जानकारी दिइन्। 

     सर्वसाधारणको निःशुल्क ओपिडी सेवाप्रतिको आकर्षण समेत बढिरहेको अस्पतालले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार