• आइतबार, १४ भदौ २०८३
  • images

    नर्भिक इन्टरनेशनल अस्पतालमा भोलिबाट स्पाइनल र हाडजोर्नी रोगको निःशुल्क ओपीडी सेवा सुरु

    नर्भिक इन्टरनेशनल अस्पतालमा भोलिबाट स्पाइनल र हाडजोर्नी रोगको निःशुल्क ओपीडी सेवा सुरु

    शुक्रबार, भदौ ४ २०७८
    शुक्रबार, भदौ ४ २०७८
    नर्भिक इन्टरनेशनल अस्पतालमा भोलिबाट स्पाइनल र हाडजोर्नी रोगको निःशुल्क ओपीडी सेवा सुरु


    काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तरगत आउने शनिवार हाडजोर्नी विशेषज्ञ तथा स्पाइनल सर्जनले सेवा दिने भएका छन् । नर्भिकमा कार्यरत हार्डजोर्नी विशेषज्ञ तथा स्पाइनल सर्जन डा. राजेश चौधरीले फ्री ओपिडी सेवा दिने भएका हुन् । मेरुदण्ड भाँचिएका, मेरुदण्डमा इन्फेक्सन भएका, मेरुदण्ड सरेका, मेरुदण्डको नशा च्यापिएका लगायतका स्पाइनल समस्या भएका र हाडजोर्नीसँग सम्बन्धित विभिन्न समस्या भएकाले डा. चौधरीको क्याम्पसमा सहभागी भई निःशुल्क सेवा लिनसक्नेछन् । 
    नर्भिकले तीन साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा भोलि डा. चौधरीले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपिडी सेवा दिनेछन् । 
    निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार