• सोमबार, १५ भदौ २०८३
  • images

    शिक्षण अस्पतालले नर्सको लिखित परीक्षा पुस २ गते लिने

    शिक्षण अस्पतालले नर्सको लिखित परीक्षा पुस २ गते लिने

    परीक्षाकेन्द्र तीनवटा

    हेल्दीखबर
    आइतबार, मंसिर २५ २०७९
    हेल्दीखबर
    आइतबार, मंसिर २५ २०७९
    शिक्षण अस्पतालले नर्सको लिखित परीक्षा पुस २ गते लिने
    सांकेतिक तस्वीर



    काठमाडौँ, २५ मंसिर । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले पुस २ गते स्टाफ नर्सको परीक्षा लिने भएको छ । 
     अस्पतालले एक सूचना प्रकाशित गर्दै २५ जना नर्स करार सेवामा माग गरे अनुसार आवेदन आराम बुझाउने नर्सहरुका लागि पुस २ गते लिखित परीक्षा हुने जनाएको छ । 
     लिखित परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सानोभ¥याङ, महाराजगञ्ज नर्सिङ क्यान्पस र महाराजगञ्ज चिकित्सा क्याम्पसमा हुने छ । 
    नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सानोभ¥याङमा रोल नं. १ देखि १७०० सम्मका उम्मेदवारको परीक्षा सञ्चालन हुनेछ । यस्तै महाराजगञ्ज नर्सिङ क्यान्पसमा रोल नं १७०१ देखि २०५० सम्मको परीक्षा हुनेछ भने महाराजगञ्ज चिकित्सा क्याम्पसमा रोल नं. २०५६ देखि माथि रोल नम्बर भएका सबै उम्मेदवारहरुको परीक्षा सञ्चालन हुने भएको छ । 
    परीक्षार्थीहरु परीक्षा केन्द्रमा दुूई घण्टा अघि नै पुग्नलाई अस्पतालले सूचना जारी गरेको छ । 
    हेरौँसूचनाः

    Screenshot (2).png

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार