• सोमबार, १५ भदौ २०८३
  • images

    शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने

    शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने

    हेल्दीखबर
    बुधबार, असार १५ २०७९
    हेल्दीखबर
    बुधबार, असार १५ २०७९
    शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने

     काठमाडौं । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ।
    अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले द्वारा जारी  विज्ञप्तीमा  स्वास्थ्य बीमा सुचारु गर्ने निर्णय भएको जनाइएको छ।
    यसअघि गत असार ३ गते एक विज्ञप्ती निकाल्दै अस्पतालका कार्यकारी निर्देशक  असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने घोषणा गर्नुभएको थियो ।
    स्वास्थ्य बीमा बोर्डले असार १४ गते  अस्पताललाई पत्राचार गर्दै स्वास्थ्य बीमा सम्बन्धी समस्यालाई यथाशीघ्र सम्बोधन गर्न स्वास्थ्य बीमा बोर्डको बैठक र चिकित्सकहरुसँग छलफल गरी समस्या समाधानका प्रक्रियाहरु अघि बढिसकेको जनाएको छ।

    अस्पतालले दाबी गरेको बीमाको रकम सोधभर्ना पठाउने भन्दै बीमा बोर्डले पत्राचार गरेपछि अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार