• सोमबार, २ कात्तिक २०८३
  • images

    शिक्षण अस्पतालका नर्सलाई ३० वटा माइक्रो ओभन सहयोग

    शिक्षण अस्पतालका नर्सलाई ३० वटा माइक्रो ओभन सहयोग

    हेल्दीखबर
    आइतबार, असार २० २०७८
    हेल्दीखबर
    आइतबार, असार २० २०७८
    शिक्षण अस्पतालका नर्सलाई ३० वटा माइक्रो ओभन सहयोग

     
    काठमाडौं,२० असार । गोल्छा समूहले  त्रिवि शिक्षण अस्पतालका नर्सहरुका लागि ३० वटा माइक्रो ओभन सहयोग गरेको छ।


    नेपाल स्वास्थ्यकर्मी संघ त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल प्रतिष्ठानको पहलमा गोल्छा ग्रुपले नर्सहरुका लागि माइक्रो ओभन सहयोग गरेको हो । 
    आइतबार गोल्छा समूहले नर्सहरुका लागि ३० वटा माइक्रो ओभन वितरण थियो । 

    images

    सो माइक्रो ओभन त्रिवि शिक्षण अस्पतालको विभिन्न विभागको नर्सिङ युनिटमा राखिने छ।

    अस्पतालकी नर्सिङ निर्देशक कविता देवकोटाले  विभागहरु थप हुँदा गोल्छा ग्रुपले माइक्रो ओभन सहयोग गरेकोमा धन्यवाद दिनुुभयो ।  नर्सहरुले ड्युटीमै खाना खानुपर्दा चिसो नै खानुपर्ने अवस्था थियो । देवकोटाले  नर्सहरुले चिसो खाना खानु पर्ने अवस्था नहुने बताउनुुभयो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार