छुट्टै दिवा सेवा डायलाइसिस केन्द्र सञ्चालनमा
काठमाडौ । त्रिवि शिक्षण अस्पतालमा दिवा सेवा डायलाइसिस केन्द्रको उद्घाटन गरिएको छ।
अस्पतालका कार्यकारी निर्देशक प्राडा.दिनेश काफ्लेले एनसेलले डे केयर स्थापनाका लागि त्रिवि शिक्षण अस्पतालको एक भवनमा आवश्यक पूर्वाधार लगायतमा सहयोग गरेको जानकारी दिनुभयो । उहाँले मलेसियाको सुची फाउण्डेसनले ८ वटा डायलाइसिस मेसिन सहयोग गरेको जानकारी दिदै एनसेल र मलेसियाको सुची च्यारिटीको सहयोगमा सञ्चालित डे केयर डायलाइसिस केन्द्रको शुक्रबार गरिएको हो ।
त्रिवि शिक्षण अस्पतालमा यसअघि ११ वटा डायलाइसिस मेसिन सञ्चालित रहेकोमा अब थप ८ वटा डायलाइसिस मेसिन सहित १९ वटा डायलाइसिस मेसिन सञ्चालनमा रहेको छ ।
डा.काफ्लेले त्रिवि शिक्षण अस्पतालमा दैनिक ४० जना बिरामीले डायलाइसिस सेवा लिने गरेको जानकारी दिनुभयो ।
अस्पतालमा सञ्चालित पुरानो डायलाइसिस युनिटमा २४ सै घण्टा डायलाइसिस सेवा प्रदान हुने र डे केयर डायलाइसिस केन्द्रमा भने दिँसोको समयमा मात्र सेवा खुल्ने उहाँको भनाई छ । डे केयर डायलाइसिस केन्द्र सञ्चालन भएपछि सेवा प्रवाहमा केही सहज भएपनि अझै नयाँ बिरामीका लागि डायलाइसिस सेवा प्रदान गर्न नसकिएको उहाँको भनाई छ ।
