• आइतबार, १४ भदौ २०८३
  • images

    झडपमा घाइते महानगर प्रहरीको नर्भिक अस्पतालमा उपचार

    झडपमा घाइते महानगर प्रहरीको नर्भिक अस्पतालमा उपचार

    हेल्दीखबर
    सोमबार, मंसिर १२ २०७९
    हेल्दीखबर
    सोमबार, मंसिर १२ २०७९
    झडपमा घाइते महानगर प्रहरीको नर्भिक अस्पतालमा उपचार


    काठमाडौं । काठमाडौ महानगरपालिकाका दुई दर्जनभन्दा बढी घाइते नगर प्रहरीहरुको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गरिएको छ । 
    थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामूडा प्रहार गरेका थिए । सुकुम्बासी बस्तीका बासिन्दाको ढुंगामूढा लागेर घाइते भएका महानगरका प्रहरी तथा कर्मचारीहरुको नर्भिकमा उपचार भएको हो । 
    झडपमा घाइते भएका नगर प्रहरीहरुलाई इमेरजेन्सी र ठाउँ अपुग भएका कारण त्यसभन्दा अघिल्तिरको खुल्ला क्षेत्रमा समेत राखेर नर्भिकका स्वास्थ्यकर्मीहरुले उपचार गरेका थिए । 
    सो क्रममा काठमाण्डौ महानगरका २६ भन्दा बढी नगर प्रहरी तथा कर्मचारीको उपचार गरिएको अस्पतालले जनाएको छ । उपचारका लागि आएका घाइतेमध्ये केहीको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ । 
    अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरुको पनि नर्भिकमा उपचार भइरहेको अस्पतालले जनाएको छ । 
    झडपमा घाइते अन्यको समेत नर्भिकमा उपचार भएको थियो । 
    No description available. No description available. No description available. No description available. No description available. No description available. No description available.  

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार