• सोमबार, १५ भदौ २०८३
  • images

    आज र भोली दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुँदै 

    आज र भोली दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुँदै 

    हेल्दीखबर
    शनिबार, कात्तिक २६ २०७९
    हेल्दीखबर
    शनिबार, कात्तिक २६ २०७९
    आज र भोली दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन हुँदै 
    पहिलो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा सहभागीहरु


    काठमाडौँ, २६ कात्तिक । आज र भोली दोस्रो अन्र्तराष्ट्रिय प्रत्यारोपण सम्मेलनको आयोजना हुँदैछ । 
      दुई दिन सम्म सञ्चालन हुने अन्र्तराष्ट्रिय सम्मेलन भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालको अयोजना हुन लागेको हो ।

    शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले अन्र्तराष्ट्रिय  अङ्ग प्रत्यारोपण सम्मेलनको सम्र्पूण तयारी पूरा भएको जानकारी दिदै सम्मेलनमा अमेरीका, जापान, भारत, बंगलादेश, स्लोभानिया तथा नेपालका ख्याति प्राप्त प्रत्यारोपण विज्ञहरु सहभागी हुने बताउनुभयो ।  

     सम्मेलनको नारा ‘विकासोन्मुख मुलुकहरुको लागि मृत्यु पर्यान्त अङ्गदान र प्रत्यारोपण’ भन्ने रहेको छ । 
    श्रेष्ठले सम्मेलनबाट अंङ्ग प्रत्यारोपण सम्वन्धी अनुभवको आदानप्रदान गर्नु रहेको बताउनुभयो । 
    सम्मेलनमा नेपालको तर्फबाट १६ वटा कार्यपत्र र विदेशी विज्ञहरुबाट १२ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । 

     सम्मेलनबाट विकासोन्मुख मुलुकमा रहेका अङ्गदान सम्बन्धि रहेका समस्या र त्यसको समाधान विषयमा छलफल हुनेछ । 
    सम्मेलनमा नेपालका समाजसेवी, पत्रकार कानून व्यवसायी तथा जिल्ला अस्पताल सम्मका अस्पताल प्रमुख र नर्सिङ्ग प्रमुखका पनि सहभागिता हुनेछन्  । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार