• आइतबार, १ कात्तिक २०८३
  • images

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना संकलन गर्ने समय परिवर्तन

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना संकलन गर्ने समय परिवर्तन

    हेल्दीखबर
    बुधबार, कात्तिक १६ २०७९
    हेल्दीखबर
    बुधबार, कात्तिक १६ २०७९
    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना संकलन गर्ने समय परिवर्तन


    काठमाडौं, १६ कात्तिक । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमूना संकलन गर्ने समय परिवर्तन गरेको छ । 
    यस्तै बिलिङ तथा रिपोर्ट वितरणको समय परिवर्तन भएको सूचना प्रकाशित गरेको छ। 
    आजदेखि लागू हुने गरी नमूना संकलन आइतबारदेखि बिहिवारसम्म विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ भने शुक्रबार बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म नमूना संकलन  हुने छ।

    कोभिड १९ को विलिङ तथा नमूना संकलन अन्यबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म हुने र शुक्रबार बिहान ९ बजेदेखि १२स्३० बजेसम्म हुनेछ। 

    images

    रिपोर्ट वितरण अन्यबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने शुक्रबार बिहान ९ बजेदेखि  दिउँसो २ बजेसम्म हुनेछ। यो कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म लागू हुनेछ। यस अघि सरकारी कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ५ बजे बन्द हुँदै आएकोमा बुधबारदेखि १ घण्टा अगावै सरकारी कार्यालय बन्द हुने भएका हुन। 

    राजपत्रमा नै प्रकाशन भएको सूचना अनुसार १६ माघदेखि १५ कात्तिकसम्म बिहान १० बजे खुलेर अपराह्न ५ बजेपछि बन्द हुँदै आएकोमा बुधबारदेखि सरकारी कार्यालयहरु अपरान्ह ४ बजे बन्द हुने भएका हुन। सोही अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले समय परिवर्तन गरेको हो। 

    May be an image of text

    प्रतिक्रिया दिनुहोस
    थप समाचार