काठमाडौ,३१ असोज । पूर्वएआइजी तथा नर्भिक इन्टरनेशनल हस्पिटल सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा उक्त अवार्ड प्रदान गरेको हो।
काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा एक समारोहका बीच सम्पन्न प्रहरीको स्थापना दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वएआइजी तथा नर्भिक अस्पतालका अध्यक्ष सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्नुभएको हो । नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ।