• आइतबार, १४ भदौ २०८३
  • images

    नर्भिक अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य शिविर गर्ने

    नर्भिक अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य शिविर गर्ने

    हेल्दीखबर
    बुधबार, भदौ २९ २०७९
    हेल्दीखबर
    बुधबार, भदौ २९ २०७९
    नर्भिक अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य शिविर गर्ने

    काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

    अस्पतालले आगामी असोज १ गते शनिवारका दिन काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो। 

    बिहान ९ : ३० बजेदखि १ : ३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियनसम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ। अस्पतालका अनुसार शिविरमा इसीजी, सुगर, भाइटल्स लगायतका निःशुल्क परामर्श सेवा समेत उपलब्ध हुनेछ। 

    अस्पतालले वृहत निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन चाहनेका लागि अग्रिम नाम दर्ताको व्यवस्था समेत गरेको छ। त्यसका लागि इच्छुकले ०१५९७००३२ मा सम्पर्क गरी आफ्नो वा शिविरमा सहभागी हुन चाहनेको नाम अग्रिम दर्ता गराउन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार