• सोमबार, २ कात्तिक २०८३
  • images

    कर्णाली  प्रतिष्ठानका  डाक्टर कुटपिट गर्ने कर्मचारी निलम्बित, छानबिन समिति बनाइयो

    कर्णाली  प्रतिष्ठानका  डाक्टर कुटपिट गर्ने कर्मचारी निलम्बित, छानबिन समिति बनाइयो

    हेल्दीखबर
    शनिबार, भदौ ४ २०७९
    हेल्दीखबर
    शनिबार, भदौ ४ २०७९
    कर्णाली  प्रतिष्ठानका  डाक्टर कुटपिट गर्ने कर्मचारी निलम्बित, छानबिन समिति बनाइयो

    काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक कक्षमा कार्यरत चिकित्सक  कुटपिट गर्ने कर्मचारीलाई निलम्बन गरेकाे छ । प्रतिष्ठानकाे शुक्रबार बसेकाे बैठकले डा करण साहमाथी कुटपिट गर्ने कर्मचारी धनबहादुर शाहीलाई  निलम्बन  गर्ने निर्णय गरेकाे हाे ।

    प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले कुटपिटमा सम्लग्न शाहीलाई ४५ दिन निलम्बन गर्ने निर्णय भएको जानकारी दिनुभयो  । उहाँले  घटनाकाे छानविन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन गरिएको जानकारी दिनुभयो ।प्रतिष्ठानको  चाैथाे तहमा कार्यरत कर्मचारी शाहीले गत बिहीबार आकस्मिक कक्षमा कार्यरत डाक्टर करण साहलाई कुटपिट गरेका थिए ।
    शाहीलाई  प्रहरीले नियन्त्रणमा लिएर छानबिन गरिरहेकाे छ ।

    images

    बैठकले डा पुजन राेकायाकाे संयोजकत्वमा डा अनुप समाल र अधिवक्ता मिनबहादुर महत सदस्य रहेकाे समिति गठन गरेको हाे । याे समितिलाई ३० दिन भित्र प्रतिवेदन बुझाउन भनिएकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार