काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन दिएको छ ।
नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएको हो। महानगरपालिकाका शहरी ब्यबस्थापन विभागका प्रमुख सुरज शाक्यले नर्भिक अस्पताललाई पत्र काट्दै नक्सापास नगरी क्यान्टिन बनाएकोले २४ घन्टा भित्र हटाउन भनिएको छ। 