• बुधबार, ४ कात्तिक २०८३
  • images

    मङ्कीपक्सबाट दुई जनाको मृत्यु

    मङ्कीपक्सबाट दुई जनाको मृत्यु

    हेल्दीखबर
    शनिबार, साउन १४ २०७९
    हेल्दीखबर
    शनिबार, साउन १४ २०७९
    मङ्कीपक्सबाट दुई जनाको मृत्यु

    मङ्कीपक्स भाइरस सङ्क्रमणका कारण ब्राजिल र स्पेनमा एक एक जनाको मृत्यु भएको छ । ब्राजिलका एकजना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ। त्यसको केहीबेरमा स्पेनले समेत सङ्क्रमणबाट पहिलो मृत्यु घोषणा गरेको छ, जुन युरोपमै पहिलो घटना हो।  ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउने ती व्यक्ति लिम्फोमा भनिने एक प्रकारको क्यान्सरबाट पीडित रहेको र कमजोर प्रतिरक्षा प्रणाली, तथा एउटा भन्दा धेरै रोगले ग्रसित अवस्थामा रहेको बताएको छ। ब्राजिलमा अहिलेसम्म मङ्कीपक्सबाट १ हजार ६६ सङ्क्रमित पुष्टि भएका र ५१३ जना सन्दिग्ध बिरामी रहेको बताइएको छ। स्पेनको स्वास्थ्य मन्त्रालयले आफ्नो एउटा विवरणमा ३ हजार ७५० सङ्क्रमित जानकारीमा रहेको जनाएको छ। त्यस्तै भारतमा पनि कहि दिन अघि नयाँ सङ्क्रमित फेला परेका थिए । पेरुमा मंकीपक्सको संक्रमण समुदायस्तरमै फैलिएको पाइएको छ । अहिलेसम्म यो संक्रमण विश्वका ७५ बढी मुलुकमा देखिएको छ । भने विश्वभर १६ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । गतसाता विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो।

    एजेन्सी

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार