• मंगलबार, ३ कात्तिक २०८३
  • images

    अस्पतालमै डाक्टरमाथि  हातपात , आकस्मिक बाहेक सेवा ठप्प    

    अस्पतालमै डाक्टरमाथि  हातपात , आकस्मिक बाहेक सेवा ठप्प    

    हेल्दीखबर
    सोमबार, साउन २ २०७९
    हेल्दीखबर
    सोमबार, साउन २ २०७९
    अस्पतालमै डाक्टरमाथि  हातपात , आकस्मिक बाहेक सेवा ठप्प    
    साङ्केतिक तस्वीर

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएको छ।

    अस्पतालका कार्यालय प्रमुख डा धर्मेन्द्र पाण्डेयमाथि आज दिउँसो सोही कार्यालयका पूर्वएम्बुलेन्स चालक चुनबहादुर रानामगरले बिरामी जाँच्ने कार्यकक्षमै गएर गालीगलौज तथा हातपात गरेका थिए। हातपात गर्ने पूर्वकर्मचारीलाई छानबिन गरी कारबाही नगरुञ्जेल अस्पतालबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।

    images

     कुटपिट गर्ने व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब निरीक्षक कुमार चौलागाईंले जानकारी दिए। गाउँपालिकाले करार सेवामा रहेका हातपात गर्ने कर्मचारीलाई साउन १ गतेदेखि लागू हुने गरी सेवाबाट हटाएको थियो। रासस

    प्रतिक्रिया दिनुहोस
    थप समाचार