• आइतबार, १४ भदौ २०८३
  • images

    नर्भिक अस्पतालका कार्यकारी प्रमुख वसन्त चौधरीलाई ‘छिन्नलता गीत पुरस्कार’

    नर्भिक अस्पतालका कार्यकारी प्रमुख वसन्त चौधरीलाई ‘छिन्नलता गीत पुरस्कार’

    हेल्दीखबर
    मंगलबार, असार २८ २०७९
    हेल्दीखबर
    मंगलबार, असार २८ २०७९
    नर्भिक अस्पतालका कार्यकारी प्रमुख वसन्त चौधरीलाई ‘छिन्नलता गीत पुरस्कार’


    काठमाडौ । । नर्भिक अस्पतालका संस्थापक तथा कार्यकारी प्रमुख बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाउनुभएको छ । 
    कवि, तथा चर्चित गीतकार चौधरीलाई वरिष्ठ गीतकार रमोलादेवी शाह(छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहका बीच गीत रचनाको विधातर्फको पुरस्कार तथा सम्मान चर्चित गीतकार चौधरीलाई प्रदान गरिएको हो । 

    प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गीतकार चौधरीलाई दोसल्ला ओढाई सम्मान गर्दै पुरस्कार प्रदान गर्नुभयो । 

    गीतकार चौधरी प्रेमलाई केन्द्रीय भाव बनाएर गीत तथा कविता लेख्ने गर्नुहुन्छ ।  नेपाली भाषाका ६ वटा र हिन्दी भाषाका २ वटा गरी चौधरीले आठवटा एल्बम ल्याइसक्नुभएको छ । कविता रचनामा विशेष रुचि हुनुभएका चौधरीले नेपाली संस्कृति र कलाको विस्तारमा विश्वका २१ वटा सहरमा गीत तथा कविताका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । उहाँलाई देशको समृद्धिका निम्ति गरेका योगदानका कारण स्वदेश तथा विदेशका महत्वपूर्ण सम्मान तथा पुरस्कारहरु प्राप्त भइसकेका छन् । 

    नेपाली गीतसंगीतप्रति श्रद्धाभाव राखी देश सेवामा समर्पित चौधरीको गीतको उच्च सम्मान गर्दै २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’बाटसम्मान गरिएको छिन्नलता गीत पुरस्कार गुठीले जनाएको छ । 

    सो समारोहका बीच गुठीले २०७६, २०७७ र २०७८ सालका छनौट भएका स्रष्टा तथा सर्जकहरुलाई छिन्नलता गीत पुरस्कार तथा सम्मानहरु पनि प्रदान गरेको थियो । 

    २०७८ सालको छिन्नलता पुरस्कार पाउनेमा गीतकार चौधरीसहित संगीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बा हुनुहुन्छ ।  यो वर्षका लागि लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाउनुभएको छ भने विशेष सम्मान वरिष्ठ संगीतकार कर्म योञ्जनलाई प्रदान गरिएको छ । 

    यसैगरी, २०७६ सालका लागि छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बालाई सम्मान गरिएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीले पाएकी छिन् ।
     
    २०७७ सालका लागि गीत रचना विधामा आनन्द अधिकारी, संगीत रचनातर्फ शान्तिराम राई र गायनतर्फ शम्भू राई पुरस्कृत भएका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार मिलन नेवारले पाएकी गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार