• आइतबार, १४ भदौ २०८३
  • images

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस बेड विस्तार

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस बेड विस्तार

    ८ बेडबाट २० पु¥याइयो 

    हेल्दीखबर
    शुक्रबार, वैशाख १६ २०७९
    हेल्दीखबर
    शुक्रबार, वैशाख १६ २०७९
    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस बेड विस्तार


     
    काठमाडौ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा नयाँ डायलाइसिस मेसिन थप गरिएको छ।  ८ वटा वेडमा संचालित इन्टर्नल मेडिसिन विभाग अन्तर्गतको डायलाइसिस यूनिटलाई विस्तारित गर्दै हाल २० बेडको बनाइएको हो। 
    प्रतिष्ठानका अनुसार पहिले संचालनमा रहेको डायलाइसिस वार्डमा हालको आइसीयूलाई वेड संख्या वृद्धि गरी विस्तार गरिने योजना रहेको छ । 
    थप गरिएको १२ नयाँ वेडहरुलाई क्याथल्याबको अगाडि पट्टि नयाँ भवन निर्माण गरी छुट्टै डायलाइसिस यूनिट स्थापना गरिएको छ। अस्पतालले बिहीबार नयाँ डाइलासिस युनिटको उद्घाटन गरेको छ। 
     प्रतिष्ठानमा मासिक १ हजारको हाराहारीमा डायलाइसिस हुने गरेको छ।  ८ वटा मेसिनमा हुदा पालो कुर्ने बिरामीको संख्या ५० भन्दा बढी हुने गरेको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार