चीनको सांघाइमा आइतबार मात्रै ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै सांघाइमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ। आइतबार कोरोनाका २२ हजार नयाँ संक्रमित भेटिएका थिए।
पछिल्लो समय सांघाईमा कोरोना संक्रमण बढिरहेको छ । कोरोना खोपमा नसमेटिएका जनसंख्या कोरोनाको उच्च जोखिमा रहेको स्वास्थ्य अधिकारीहरुले बताउँदै आएका छन् । कोरोनाबाट ठूलो संख्यामा बृद्धबृद्धा मृत्यु भएको सरकारको दाबी छ ।
संक्रमितहरूको मृत्यु बढेसँगै चीनमा निर्मित खोपको प्रभावकारीताबारे केहीले प्रश्न उठाउन थालेका छन्। चीनको राजधानी बेइजिङमा भने २२ नयाँ संक्रमित भेटिएका छन्।
एजेन्सी ।