• आइतबार, १ कात्तिक २०८३
  • images

    चीनमा कोरोनाको नयाँ लहर, सांघाईमा तीनको मृत्यु

    चीनमा कोरोनाको नयाँ लहर, सांघाईमा तीनको मृत्यु

    हेल्दीखबर
    मंगलबार, वैशाख ६ २०७९
    हेल्दीखबर
    मंगलबार, वैशाख ६ २०७९
    चीनमा कोरोनाको नयाँ लहर, सांघाईमा तीनको मृत्यु

     चीनमा कोरोना भाइरसको संक्रमण फेरि फैलिएको छ । सांघाइृमा मात्र तीनजनाको मृत्यु भएको छ ।

    सांघाईमा मार्च महिनामा कोरोना संक्रमण फैलिएपछि लकडाउन गरिएको थियो । साँढे दुई करोड जनसंख्या भएको सांघाईमा सोमबार दुई महिला र एक पुरुषको कोभिड १९ ले मृत्यु भएको जानकारी दिइएको छ ।

    images

    मृत्यु भएकाहरुमा ८९ र ९१ वर्षका महिला र ९१ वर्षीय पुरुष छन् । सांघाईमा एकै दिन २० हजार भन्दा बढी संक्रमित थपिएका छन् ।

    चीनमा पहिलोपटक कोरोना भाइरसको संक्रमण सन् २०१९ को अन्ततिर पत्ता लागेयता फेरि महामारीका रुपमा देखिन थालेको छ । चीनले लकडाउन गरेर संक्रमण कम गरेको थियो । तर, फेरि फैलिएर समस्या पारेको छ ।एजेन्सी

    प्रतिक्रिया दिनुहोस
    थप समाचार