• सोमबार, १५ भदौ २०८३
  • images

    गर्भवती कुकुरका लागि ‘बेबी सावर’ को आयोजना

    गर्भवती कुकुरका लागि ‘बेबी सावर’ को आयोजना

    हेल्दीखबर
    शुक्रबार, चैत २५ २०७८
    हेल्दीखबर
    शुक्रबार, चैत २५ २०७८
    गर्भवती कुकुरका लागि ‘बेबी सावर’ को आयोजना

    काठमाडौं । पछिल्लो समय गर्भमा बच्चा रहेको उत्सवको रुपमा ‘बेबी सावर’ कार्यक्रम गरी गर्भमा रहेको बच्चाको लिंगको समेत खुलास गर्ने चलन छ ।
    के गाउँ, के सहर ‘बेबी सावर’ले पछिल्लो समय फेसनकै रुप लिन थालेको छ । तर अब यो आधुनिक संस्कार केवल मानवजातिमा मात्र सीमित नरहने देखिएको छ । किनकि भारतको तमिलनाडुमा एउटा गर्भवती कुकुरका लागि समेत ‘बेबी सावर’को आयोजना गरिएको छ ।
    तमिलनाडुको एक परिवारले आफ्नो घरमा पालेको कुकुर गर्भवती भएसँगै ‘बेबी सावर’को कार्यक्रम गराएको छ । बेबी सावर समारोहमा परिवारका सबै सदस्य उपस्थिति हुनुका साथै भोजको समेत आयोजना गरियो ।सोसल मिडियामा सार्वजनिक भएको भिडियोमा गर्भवती कुकुरलाई टीका र मालाका साथै गाउन लगाइदिएर पूजा गरिएको छ ।पूजापछि गर्भवती कुकुरलाई विभिन्न पाँच थरी भात खुवाइएको छ । डाबू नामक उक्त गर्भवती कुकुरको ‘बेबी सावर’ कार्यक्रममा परिवारका सदस्यहरू निकै खुसी मनाइरहेका देखिन्छन् । एजेन्सी 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार