• बिहीबार , २९ असोज २०८३
  • images
    images

    चिकित्सा शिक्षातर्फ स्नातक तहको प्रवेश परीक्षामा चार नक्कली परीक्षार्थी पक्राउ

    चिकित्सा शिक्षातर्फ स्नातक तहको प्रवेश परीक्षामा चार नक्कली परीक्षार्थी पक्राउ

     अनुसन्धान जारी

    हेल्दीखबर
    शुक्रबार, चैत १८ २०७८
    हेल्दीखबर
    शुक्रबार, चैत १८ २०७८
    चिकित्सा शिक्षातर्फ स्नातक तहको प्रवेश परीक्षामा चार नक्कली परीक्षार्थी पक्राउ

    काठमाडौ । चिकित्सा शिक्षा आयोगले लिएको  स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

    प्रहरीको महानगरीय अपराध महाशाखाका अनुसार एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा हलमा छिरेका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । महाशाखाका  अनुसार चारजना नक्कली परिक्षार्थी पक्राउ परेका हुन् । उनीहरुलाई पक्राउ गरी अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।  

    images

    चिकित्सा शिक्षा स्नातक तहको आजदेखि लिइएको प्रवेश परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेका चार जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । प्रहरीले एकजना नक्कली परीक्षार्थी काठमाडौंको बानेश्वर,  दुईजना ललितपुरको बालकुमारी र १ जना भक्तपुरबाट पक्राउ गरिएको हो । 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार