२२ वर्षीय ‘मस्तिष्क मृत्यु ’ भएकी नर्सको सम्पूर्ण अङ्ग दान गरिएको छ । गत शनिबार चिकित्सकले ‘मस्तिष्क मृत्यु’ भएको घोषणा गरेपछि उहाँका परिवारले नर्सको अङ्ग दान गर्नुभएको हो ।
भारतको कर्नाटककी २२ वर्षीय नर्स टीके गान्भीका आफन्तले उनको ‘मस्तिष्क मृत्यु ’ भएपछि अङ्गदान गराएका हुन् ।
नर्स शिवमोगास्थित निर्मला नर्सिङ होममा स्टाफ नर्सका रूपमा काम गर्दै आउनुभएको थियो।
फेब्रुअरी ८ को रात्रिकालिन काम गर्ने बेला उहाँ बेहोस भएर लड्नुभएको थियो। अस्पताल भर्ना गरेको ४ दिनपछि नर्सको ‘मस्तिष्क मृत्यु ’ घोषणा गरिएको थियो । अस्पताल पुगेका गान्भीकी आमालगायतले तुरुन्त उनको अङ्गदान गर्ने जनाएका थिए ।
उनको कलेजो, मिर्गौला, मुटुको भल्भलगायतका विभिन्न अङ्गहरूले अन्य व्यक्तिलाई जीवनदान दिने चिकित्सकले बताएका छन् ।
त्यस्तै सानै उमेरमा यस किसिमको अङ्गदान गरेर उदाहरणीय बनेको स्वास्थ्य मन्त्री के. सुधाकरले प्रतिक्रिया दिनुभएको छ ।